संसद्‍मा फेरियो दलहरूको बसाइ (तस्वीरहरु)

संसद्‍मा फेरियो दलहरूको बसाइ (तस्वीरहरु)

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै प्रतिनिधिसभामा दलहरुको बसाइ पनि फेरिएको छ ।

प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्तारुढ दलको बेन्चमा आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेपछि बिहीबार संसद्‍को पहिलो बैठक बसेको हो ।

नेकपा (माओवादी केन्द्र) सत्तारुढ दलको बेन्चमा कायम रहँदा प्रतिनिधिसभाकै सबैभन्दा ठुलो दल नेपाली कांग्रेस भने प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्न पुगेको छ ।

सत्तापक्षको बेन्चमा एमालेका ७८, माओवादी केन्द्रका ३२, रास्वपाका २१, जसपाका १२, एकीकृत समाजवादीका १० र नाउपाका ४ जना गरी १५७ जना सांसद बसेका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved