सरकारी जग्गा अतिक्रमणविरुद्ध निर्मम ढंगले उत्रिन सुरक्षा निकायलाई गृहमन्त्री लामिछानेको निर्देशन

नेपालभ्युज

सरकारी जग्गा अतिक्रमणविरुद्ध निर्मम ढंगले उत्रिन सुरक्षा निकायलाई गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले सरकारी जग्गा हडपेर बसेकाविरुद्ध निर्मम ढंगले कारबाहीमा उत्रिन निर्देशन दिएका छन् ।

पद सम्हाल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले सुरक्षा निकायका अधिकारीलाई ७७ वटै जिल्लामा रहेका सरकारी जग्गाको सुरक्षा गर्न निर्देशन दिएका हुन् ।

आफ्नो पहिलो निर्णय पनि यही भएको भन्दै उनले विगतमा मन्त्रालयले सुरु गरेको अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने कामलाई सक्रियतापूर्वक अघि बढाउने बताए ।

गृहमन्त्री लामिछानेले देशमा शान्तिसुरक्षा छ भनेर नागरिकले महसुस गर्नुपर्ने बताएका छन् । देशमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन उनले निर्देशन दिए ।

आफू अघिल्लो पटक भन्दा अझ दृढ भएर आएको भन्दै उनले सुरक्षा निकायलाई अनुचित काममा कुनै पनि प्रकारको दबाब नहुने बताए ।

अपराधी समाउने सुरक्षाकर्मीलाई पुरस्कृत र अपराधी बचाउनेलाई सोही सरह कारबाही गर्ने चेतावनी समेत गृहमन्त्रीले दिएका छन् ।

उनले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्नुपर्ने समेत बताए । गृहमन्त्री लामिछानेले क्षमतावान अफिसरका लागि अब अवसर नै अवसर हुने दाबी समेत गरे ।

तस्करी नियन्त्रण गर्न निर्देशन दिँदै उनले उद्योगी व्यवसायीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । शहरहरु २४ घण्टै चलायमान बनाउन सुरक्षाको व्यवस्था मिलाउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved