लुम्बिनी सरकारबाट माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

नेपालभ्युज

लुम्बिनी सरकारबाट माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री चौधरीले बुधबार अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बर्खास्त गरेका हुन् ।

केन्द्रमा माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन तोडेर नेकपा एमालेसहितका दलहरुसँग गठबन्धन गरेपछि प्रदेशमा कांग्रेसको नेतृत्वमा बनेको सरकारबाट माओवादीका मन्त्रीहरु बर्खास्त भइरहेका छन् ।

यसअघि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरु बर्खास्त भएका थिए ।

यसैबीच माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। संसदीय दलको बैठक बसेर निर्णय लिने तयारी भइरहेको माओवादी संसदीय दल नेता जोखबहादुर महराले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved