नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूले लिए शपथ (तस्वीरहरु)

नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूले लिए शपथ (तस्वीरहरु)

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित १९ सदस्यहरूले शपथ ग्रहण गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना मनोनित हुन बाँकी छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याले शपथ खुवाएकी हुन् ।

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे ।

समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved