सबै मन्त्री हटाउने तयारी

नेपालभ्युज

सबै मन्त्री हटाउने तयारी

काठमाडौं । एमालेसँग नयाँ सत्ता गठबन्धन बनाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउने भएका छन् ।

नयाँ समीकरणका नयाँ मन्त्रीसँगै उनले आफ्ना पार्टीका मन्त्री पनि हटाउन लागेका हुन् ।

माओवादीका राज्यमन्त्रीसहित ७ जना मन्त्री छन् । सबैको राजीनामा मागिएको छ ।

आजै एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल भएको नयाँ मन्त्रिपरिषद् पुनर्गठन बन्ने छ ।

प्रधानमन्त्रीमा प्रचण्ड र चारदलबाट एक–एकजना मन्त्री बनाउने सहमति भएको छ ।

प्रचण्डको नेतृत्वमा चार दलको पाँच सदस्यीय मन्त्रिमण्डल बन्दै


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved