प्रचण्डको नेतृत्वमा चार दलको पाँच सदस्यीय मन्त्रिमण्डल बन्दै

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल भएका छन् ।

नेपालभ्युज

प्रचण्डको नेतृत्वमा चार दलको पाँच सदस्यीय मन्त्रिमण्डल बन्दै

काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेपछि आज सानो आकारको मन्त्रिपरिषद बन्ने भएको छ ।

नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल भएका छन् ।

प्रधानमन्त्रीमा प्रचण्ड र चारदलबाट एक-एकजना मन्त्री बनाउने सहमति भएको छ ।

एमालेबाट पदम गिरी, रास्वपाबाट रवि लामिछाने मन्त्री बन्ने पक्का भएको छ । माओवादीले मन्त्रीको नाम टुङ्गो लगाएको छैन ।

जसपाबाट सम्भवत उपेन्द्र यादव आफैं सरकारमा सहभागी हुनेछन् । रवि लामिछानेको मन्त्रालय भने अझै टुङ्गो लागेको छैन ।

उनले गृह मागेका छन् । तर, अन्य दलले गृह र अर्थबाहेक रोजेर लिन आग्रह गरेको स्रोतको दाबी छ ।

जनमत पार्टीलाई पनि सरकारमा लैजाने प्रयास भएको छ । तर, अहिलेसम्म टुङ्गो लागेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved