सुर्खेतमा होटलको छतबाट खसेर एक जनाको मृत्यु

नेपालभ्युज

सुर्खेतमा होटलको छतबाट खसेर एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

सुर्खेत । सुर्खेतमा होटलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर–६ गोदामलाइनमा रहेको नौलो होटलको छतबाट खसेर दैलेख नौमुले गाउँपालिका–८ चौराठाका ५१ वर्षीय दीप चन्दको मृत्यु भएको हो ।

गएराति छतबाट खसेको र घटनाकोबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले बताए । उनी बिहान मृत अवस्थामा भेटिएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता शाहीको बताए । चन्दको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतको कालागाउँमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved