स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि जनकपुरधाममा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि जनकपुरधाममा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ जनकपुरधाम–जलेश्वर सडक खण्ड बिन्धीमा बसले किच्दा एकजनाको मृत्यु भएको छ । पाँचजना गम्भीर घाइते भएका छन् ।

दोषीलाई कारबाही र पीडितलाई क्षतिपुर्तिको माग गर्दै स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका छन् । उनीहरुले सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले सडकमा बिजुलीका पोल तेर्साएपछि यातायातका साधन चल्न सकेका छैनन् ।

ठक्कर दिएको बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेपनि अवस्था तनावपूर्ण बनेको छ ।

जनकपुर– जलेश्वर सडक खण्डको बिन्धिमा प्र २–०२–००१क ०४३१ नम्बरको एंजल्स स्कुलको बसले ठक्कर दिंदा अन्दाजी ३०-३५ वर्षीया राखी देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा १ बच्चा सहित ५ जना महिला घाइते भएको प्रहरीले जनाएको छ ।

विवाहका लागि माटो खन्न गइरहेका महिलाको समुहलाई बसले ठक्कर दिएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा तोडफोड गरेका छन् । घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved