कोकिलाबेनले धीरुभाई अम्बानीसँग विवाह गर्न चाहेकी थिइनन् !

नेपालभ्युज

कोकिलाबेनले धीरुभाई अम्बानीसँग विवाह गर्न चाहेकी थिइनन् !

एजेन्सी । धीरुभाई अम्बानी र कोकिलाबेन अम्बानीको प्रेमकहानी एकदमै विशेष छ । जब आफ्नो परिवारका साथ धीरुभाई अम्बानी कोकिलाबेनलाई हेर्न गएका थिए त्यतिबेला नै उनले आफ्नो मन उनलाई दिइसकेका थिए ।

जब कोकिलाबेनकी आमाले उनलाई सोधिन् कि केटा कस्तो लाग्यो ? उनले जवाफ दिइन्, “केटा कालो छ ।” आमाले कोकिलाबेनलाई सम्झाउँदै भनिन्, “केटा कालो छ, तर उसको भाग्य सेतो छ ।”

धीरुभाई अम्बानीको विवाह कोकिलाबेनसँग सन् १९५५ मा भएको थियो । त्यसपछि उनको भाग्य नै बदलिएको थियो ।

धीरुभाईको मेहनतले गर्दा उनले रिलायन्स इन्डस्ट्रीको सुरुआत गरे र सफल पनि भए । एक अन्तरवार्तामा कोकिलाबेनले भनेकी थिइन् धिरुभाइले व्यापारको काममा उनको पनि सल्लाह लिने गर्थे ।

यदी धीरुभाई अरु काममा व्यस्त हुँदा उनले कोकिलाबेनलाई जानकारी जुटाउने काम दिन्थे । धीरुभाई अम्बानी जहाँ जान्थे त्यहाँ सधैं कोकिलाबेनलाई आफूसँगै लिएर जाने गर्थे ।

विवाहपछि दुवै केही समयका लागि यमन पनि बस्न गएका थिए, पछि उनीहरु फेरि मुम्बई फर्किए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved