१४ तस्वीरमा हेर्नुहोस् बालकृष्ण समको नाटक ‘अन्धवेग’

१४ तस्वीरमा हेर्नुहोस् बालकृष्ण समको नाटक ‘अन्धवेग’

काठमाडौं। नाट्य सम्राट बालकृष्ण समको नाटक ‘अन्धवेग’ को थापागाँउ स्थित मण्डला थिएटरमा यही फागुन १८ गतेदेखि मञ्चन सुरु भएको छ।

‘अन्धवेग’ १९९६ सालमा लेखिएको समको नाटकमध्ये उत्कृष्ट मनोवैज्ञानिक दुखान्त नाटक हो।

मण्डला थिएटरको प्रस्तुतिमा तयार भएको नाटक ‘अन्धवेग’ लाई प्रवीण खतिवडाले परिकल्पना तथा निर्देशन गरेका छन्।

जीवनमा हुने नियति र कर्मको फल, प्रेम र वासना, आफू अनि आफैभित्रको अर्को आफु, यौन जीवन भित्रको चेतना र नैतिकता र पारिवारिक नाजायज प्रेम सम्बन्ध बीचमा यो दुखान्त नाटकको कथा बुनिएको छ।

उर्लेको यौन चाहनालाई परिवारका सदस्य भित्रै पोख्न खोज्दा आउने दुर्घटनालाई नाटकमा देखाइएको छ।

नाटकमा अनुप न्यौपाने, संगीता थापा, सुवास तिमिल्सिना, भरत लिम्बु, सुन्दर धिताल, सन्तोष गिरी, प्रमिला खनाल, केशव शाही, शारदा अधिकारी र सन्देश कार्की (घनेन्द्र) ले अभिनय गरेका छन्।

नाटक यहि चैत १८ सम्म सोमवार बाहेक हरेक साँझ ५:३० बजे र शनिवार दिउँसो २:३० बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ।

हेर्नुहोस् तस्वीरहरू-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved