विमान अपहरणको दृश्यबाट सुरू हुने ‘योद्धा’को ट्रेलरमा सिद्धार्थ मल्होत्राको एक्सन अवतार

नेपालभ्युज

विमान अपहरणको दृश्यबाट सुरू हुने ‘योद्धा’को ट्रेलरमा सिद्धार्थ मल्होत्राको एक्सन अवतार

काठमाडौं । सिद्धार्थ मल्होत्रा स्टारर बलिउड फिल्म ‘योद्धा’को ट्रेलरमा सिद्धार्थ मल्होत्राको एक्सन अवतार देखिएको छ । सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे प्रकाश पारेको छ ।

सागर आम्बरे र पुष्कर ओझा निर्देशित फिल्मको ट्रेलरमा देशभक्तिले प्रेरित ‘योद्धा’को कथा देखाउँछ ।

ट्रेलरको सुरुआत एक विमान अपहरणको दृश्यबाट सुरु हुन्छ । २ घण्टा ४८ घण्टा लामो ट्रेलरले सिद्धार्थ मल्होत्राले अपहरित विमानलाई जोगाउन गर्ने संघर्षको कथा प्रस्तुत गर्छ । ट्रेलरमा सिद्धार्थको जबरजस्त एक्सन अवतार देख्न सकिन्छ ।

यसले दर्शकलाई फिल्म ‘शेरशाह’को याद दिलाउँछ ।

फिल्ममा राशी खन्ना र दिशा पटानीको पनि मुख्य भूमिका छ । फिल्म १५ मार्चमा रिलिज हुने छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved