सांसदहरुले उठाएका प्रश्नलाई सरकारले गम्भीर रुपमा लिनेछ : प्रधानमन्त्री दाहाल

नेपालभ्युज

सांसदहरुले उठाएका प्रश्नलाई सरकारले गम्भीर रुपमा लिनेछ : प्रधानमन्त्री दाहाल
फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद र संसदीय समितिले दिएको निर्देशनहरुलाई सरकारले उच्च महत्व दिई प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको दाबी गरेका छन् ।

बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले समितिका सांसदहरुले उचित रुपले उठाएका प्रश्नहरुलाई सरकारले गम्भिर रुपमा लिने बताए ।

उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, समृद्धि, विकास र सन्तुलित परराष्ट्र नीति कायम गर्ने कुरामा मुख्य जोड दिँदै आएको बताए ।

प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनका लागि बाँकि कानूनहरुको निर्माण कार्यलाई अघि बढाएको जानकारी दिए ।

सरकारले संघीयता कार्यान्वयनको सम्बन्धमा गरेका निर्णयहरु कार्यान्वयन गरिरहेको पनि उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved