राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय

नेपालभ्युज

राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने माओवादीको निर्णय

काठमाडौं । सत्ता नेतृत्वकर्ता माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।

बुधबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष माओवादीले पाउनुपर्नेमा जोड दिएका थिए । वर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही २० गते सकिने भएपछि उक्त पदमा माओवादीले दाबी गरेको हो । नेपाली कांग्रेसका नेताहरुले भने नेता कृष्ण सिटौलालाई अध्यक्षका रुपमा चर्चा गर्दै आएका छन् ।

साथै, आउने उपनिर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने सापकोटाको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved