आँखीभौं लगातार फर्फराउनुको कारण के होला ?

नेपालभ्युज

आँखीभौं लगातार फर्फराउनुको कारण के होला ?

एजेन्सी । आँखासँगै परेला तथा आँखीभौं पनि फर्फराउनु सामान्य हो तर कहिलेकाँही लगातार फर्फराउन थाल्छ । यस्तोमा बेवास्ता गर्नु हुँदैन । किनकी यसका पछाडि स्वास्थ्यका केही कारण पनि हुन सक्छन् ।

आउनुहोस् जानौं लगातार आँखीभौं फर्फराउनुको पछाडि कस्ता स्वास्थ्य समस्याहरु पनि हुन सक्छन् ।

तनाव

बदलिँदो जीवनशैलीको कारणले तनाव हुनु अब आम कुरा भइसकेको छ । तनावले हाम्रो शरीरलाई विभिन्न प्रकारले हानी गर्ने गर्दछ । जसले गर्दा आँखा तथा आँखीभौं लगातार फर्फराउने पनि हुन सक्छ ।

थकान

कतिपय अवस्थामा पूरा निद्रा नलिँदा पनि थकान हुने गर्छ । जसले गर्दा आँखीभौंहरु फर्फराइरहने हुन सक्छ । अधिक थकानको कारणले पनि आँखीभौं फर्फराउने गर्छ ।

एलर्जी

जो व्यक्तिलाई एलर्जीको समस्या छ उनीहरुको पनि आँखीभौं लगातार फर्फराउने समस्या हुने गर्छ । आँखालाई धेरै रगड्ने गर्दा पनि फर्फराउने गर्छ ।

क्याफिन

कैयौंपटक धेरै क्याफिन लिँदा पनि आँखासँगै आँखीभौंहरु पनि लगातार फर्फराउने गर्छ । यस्तोमा कफी तथा चिया जस्ता पेय पदार्थबाट टाढा रहनुहोस् ।

म्याग्नेशियमको कमी

लगातार आँखीभौं फर्फराउनुको एउटा कारण शरीरमा म्याग्नेशियमको कमीले पनि हुने गर्छ । किनकी म्याग्नेशियमले नसा तथा मांसपेशीहरुको काममा अहम भूमिका निर्वाह गर्छ ।

म्याग्नेशियमको कमी हुँदा शरीरमा थकान, कमजोरी,, भोक कम लाग्नु, व्यक्तित्वमा परिवर्तन जस्ता संकेतहरु देखिने गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved