भारतका विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबीच शिष्टाचार भेट

नेपालभ्युज

भारतका विदेशमन्त्री जयशंकर र परराष्ट्र सचिव लम्सालबीच शिष्टाचार भेट

काठमाडौं। भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गरेकी छन् ।

आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत पुगेकी परराष्ट्र सचिव लम्सालले मंगलबार अपराह्न भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेकी हुन् ।

भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको बताइएको छ ।

‘परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत छ,’ भारतीय विदशेमन्त्री जयशंकरले एक्समा उल्लेख गरेका छन्, ‘द्विपक्षीय सम्बन्धमा भइरहेका प्रगतिका विविध पक्षका बारेमा जानकारी पाउँदा खुसी छु ।’

आठौं एसिया इकोनोमिक डाइलगको उद्घाटन सत्र बिहीबार हुँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved