खेलकुदको विकासमा राज्यले बढी लगानी गर्न जरुरी छ: पूर्वराष्ट्रपति भण्डारी

खेलकुदको विकासमा राज्यले बढी लगानी गर्न जरुरी छ: पूर्वराष्ट्रपति भण्डारी

जनकपुरधाम । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा खेलकुदको पूर्वाधारको अभाव तथा खेलाडीमा राज्यको लगानी कम भएको बताएकी छन् ।

उनले खेलकुदमा राज्यको लगानी कम भए पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रदर्शनको उच्च प्रशंसा गर्दै खेलकुदको विकासमा राज्यले उचित लगानी गर्न जरुरी रहेको बताइन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरको क्षीरेश्वर जनता उच्च माविको खेल मैदानमा सोमबार सुरु प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रथम मदन भण्डारी महिला हक्की प्रतियोगिताले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्दै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरिन् ।

उनले विद्वान, विदुषीहरूको भूमिकाका रुपमा रहेको जनकपुरधाममा यस्ता प्रकारको राष्ट्रिय प्रतियोगिताको आयोजनाले खेलकुदको भूमिका रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा परिचित हुने विश्वास व्यक्त गरिन् ।

प्रतियोगितामा कर्णालीबाहेकका ६ प्रदेश, त्रिभुवन आर्मी क्लब तथा मदन भण्डारी स्पोर्टस एकेडेमी गरी ८ टिमका १५० खेलाडी सहभागी छन् । प्रतियोगिता १९ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र कप, द्वितीय हुनेलाई कप सहित १ लाख तथा तृतीय हुने टिमलाई कप सहित ५० हजार नगद प्रदान गरिने छ भने उत्कृष्ट खेलाडीलाई १० हजार र उमन अफ दि म्याच हुनेलाई ५ हजार नगद प्रदान गरिने आयोजकले जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved