बारामा सिलिन्डर विस्फोट हुँदा एक जनाको ज्यान गयो, ४ जना घाइते

नेपालभ्युज

बारामा सिलिन्डर विस्फोट हुँदा एक जनाको ज्यान गयो, ४ जना घाइते

काठमाडौं । बाराको निजगढमा सोमबार दिउँसो ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
निजगढ बजारमा वेल्डिङ वर्कसपमा राखिएको सिलिन्डर विस्फोट भएको हो ।

सिलिन्डर पड्किँदा वर्कसप संचालक ४५ वर्षीय रेशम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved