कपाल झर्ने समस्याबाट छुट्कारा दिने योगासन

नेपालभ्युज

कपाल झर्ने समस्याबाट छुट्कारा दिने योगासन

एजेन्सी । दुषित पानीको कारणले पनि कपाल झर्ने समस्याको सामना गर्नुपर्ने हुन सक्छ । विशेषगरी चिसो समयमा त झनै कपाल झर्ने समस्या अत्यधिक मानिसमा हुने गर्छ ।

त्यसो त कपाल झर्ने समस्या हरेक मौसममा हुने गर्छ । स्याम्पु, तेल, कन्डीशनर आदि जस्ता चीजहरुले पनि कुनै खास फाइदा गरे जस्तो लाग्दैन । सबै प्रयोग गर्दा पनि कपाल झर्ने समस्याबाट छुट्कारा पाउन सक्नुभएको छैन भने एकपटक केही योगासन गरेर हेर्नुहोस् ।

योग शारीरिक रोगहरुका साथै हाम्रो कपाल, अनुहार आदिका लागि पनि एकदमै प्रभावकारी हुन्छ । यी योगासनलाई प्रत्येक दिन गर्नाले कपाल बलियो हुन्छ ।

शीर्षासन

शीर्षासनमा शरीरको रक्तसञ्चार नियमित भन्दा फरक तरिकाले हुन्छ । जसले गर्दा कपालको जरासम्म तथा टाउकोमा पनि राम्रोसँग रक्तसञ्चार हुँदा यसले कपालसम्बन्धी समस्यामा राम्रो काम गर्छ ।

बालासन

बालासन गर्न पनि सजिलो छ र यो कपाल झर्न रोक्नका लागि पनि प्रभावकारी छ । यो योगासनले पनि टाउकोमा हुने रक्तसञ्चारलाई बढावा दिन्छ जसले गर्दा कपालसम्बन्धी समस्या कम हुन्छ ।

बज्रासन

विशेषगरी खाना खाइसकेपछि बज्रासनमा बस्दा खाना पाचन प्रक्रिया राम्रो हुन्छ । जसले गर्दा खानाको पोषण शरीरको हरेक अंगमा पुग्छ जसले कपालमा पनि फाइदा गर्छ ।

उत्तानासन

यो आसन पनि शरीरको माथिल्लो भागमा रक्तसञ्चार बढाउनका लागि एकदमै राम्रो हुन्छ । जसले कपालको समस्यामा पनि काम गर्दछ ।

दैनिक रुपमा यी आसनहरुलाई गर्नुभयो भने कपाल झर्ने, कमजोर हुने आदि विभिन्न समस्याबाट छुट्कारा पाउन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved