सरकारी जग्गा निजी बनाउनेविरुद्ध अख्तियार, साढे तीनसय बढिविरुद्ध एकैपटक मुद्दा दायर

नेपालभ्युज

सरकारी जग्गा निजी बनाउनेविरुद्ध अख्तियार, साढे तीनसय बढिविरुद्ध एकैपटक मुद्दा दायर

काठमाडौं । अख्तियारले नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन प्रमुख नापी अधिकृत विष्णुकुमार न्यौपानेसमेत १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।

उनीहरूले दमक वडानं. १३ र १४ कायम भएको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तर तर्फ) कित्ताहरू कि.नं. ७६०, ७६१, ७६२, ७७३, ७८४, ७८६, ७८७ र ७८८ र साबिक दमक ६ ग र दमक ५ ख बिचको मार्जिनका जग्गाहरू निजी बनाइएका थिए ।

ती जगाहरू २०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुकमा थिए । यस्तै अख्तियारले नापी कार्यालय, चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुकसमेत १८७ जना उपर पनि मुद्दा दायर गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved