दादुरा-रुबेला खोप अभियान आजदेखि सुरु (तस्वीरहरु)

दादुरा-रुबेला खोप अभियान आजदेखि सुरु (तस्वीरहरु)

काठमाडौं। आज (फागुन १३ गते) देखि देशभर राष्ट्रिय दादुरा-रुबेला खोप अभियान २०८० सुरु भएको छ। आजदेखि सुरु भएको खोप अभियान चैत्र ७ गतेसम्म देशभर सञ्चलन हुनेछ। रुकुमपश्चिम र जाजरकोटमा भने खोप अभियान सकिसकेको छ।

यो खोप अभियानमा लक्षित समूह ९ महिनादेखि ५ वर्षमुनिका बालबालिका हुन्। यस अभियानमा तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लामा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई दादुरा-रुबेलाको खोप लगाइनेछ।

यो खोप नियमति खोपकेन्द्र सञ्चालन भएका स्थान, विगतका खोप अभियानमा सञ्चालन गरिएका खोपकेन्द्रहरु, स्थानीय पालिका अन्तर्गतका अस्पताल, बिद्यालय एवं स्वास्थ्य संस्थाबाट प्रदान गरिनेछ।

(तस्वीरमा गोकर्णेश्वर नगरपालिकाको चामुण्डा माध्यामिक बिद्यालयमा खोप लगाईँदै )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved