अग्रज नेता मिलेर मुलुकमा गरिबी अन्त्य गरिदिनुस् : मन्त्री किराती

नेपालभ्युज

अग्रज नेता मिलेर मुलुकमा गरिबी अन्त्य गरिदिनुस् : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले प्रमुख दलका नेताहरुलाई मिलेर मुलुकमा सुशासन कायम गर्न आग्रह गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित डा. पुरण राईका कृतिहरु विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेताहरुले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिवी निवारणको पाटोमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

अग्रज नेताहरुले मिलेर मुलुकमा सुशासन कायम र गरिवीको अन्त्य तत्काल नगरे इतिहासले उनीहरुलाई माफी नदिने उनको निष्कर्ष छ ।

उनले मुलुकमा सुशासन र गरिवीको पक्षमा काम गर्न आफूहरुले अग्रज नेताहरुलाई सक्दो साथ दिने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री किराँतीले नेपाली माटो अनुकुलको सिद्धान्त र व्यवहार प्रदर्शन गर्नुको साटो नेताहरु पद र प्रतिष्ठामा लाग्दा मुलुक पछि परेको पनि दोहोर्याए ।

मन्त्री किराँतीले नेपाली समाज मित्रै रहेको समाजवादको विकास गरेर अघि बढ्नुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved