कांग्रेस रन्थनियो, प्रधानमन्त्री भइदेऊ भनेर जहाँ पनि पुगेको छ : ओली

नेपालभ्युज

कांग्रेस रन्थनियो, प्रधानमन्त्री भइदेऊ भनेर जहाँ पनि पुगेको छ : ओली

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस रन्थनिरहेको बताएका छन् ।

शुक्रबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् ।

“आज कांग्रेसले के गर्छ, हेर्नुपर्ने छ । कांग्रेस अत्यन्तै रहन्थनियो । के गर्ने, के नगर्ने; प्रधानमन्त्री भइदेऊ भनेर यता पनि पुगेको छ, उता पनि पुगेको छ,” उनले भने ।

कांग्रेसले उपप्रधानसहित गृहमन्त्री रवि लामिछानेमाथि उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गर्दै आएको छ ।

यसप्रति इङ्गित गर्दै ओलीले ‘…आज के गर्छ, हेर्नुपर्नेछ’ भनेका हुन् ।

सत्ता गठबन्धन फुटाउन प्रयासरत कांग्रेसले यसअघि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको थियो ।

ओलीले यसप्रति इङ्गित गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved