सांसदहरूलाई ओलीको निर्देशन- अध्ययन गरेर बोल्नू, विम्बको प्रयोग गर्दा ख्याल राख्नु

नेपालभ्युज

सांसदहरूलाई ओलीको निर्देशन- अध्ययन गरेर बोल्नू, विम्बको प्रयोग गर्दा ख्याल राख्नु

काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरूलाई अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिएका छन् ।

शुक्रबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“बोल्दा अध्ययन गरेर मात्रै बोल्नुपर्छ, टू दी पोइन्ट बोल्नुपर्छ । आफ्ना कुरा प्रभावकारी रूपमा प्रस्तुत गर्नका लागि अध्ययन गर्नैपर्छ । दृष्टान्त वा उपमाहरू दिँदा संक्षिप्त र विम्बहरूको प्रयोग गर्दा आकर्षक रूपमा राख्नुपर्छ, तपाईंहरू पनि यही गर्नुहुनेछ,” उनले भने ।

यस्तै उनले सांसदहरूलाई राष्ट्रिय हित, मानवता र विश्व शान्तिको पक्षमा उभिन निर्देशन गरे । “हामी राष्ट्रिय हितमा उभिनुपर्दछ । भ्रष्टाचार निवारण, सामाजिक न्याय र समानताहरूको पक्षमा छौँ, हामी यसैगरी अगाडि बढ्नेछौँ । मानवताविरुद्धको क्रियाकलापको विरोध गर्छौँ । विश्वशान्तिको पक्षमा छौँ, मानवताको पक्षमा छौँ,” उनले भने, “युद्ध वा अशान्ति जन्मिनेखाल कार्यक्रमा हामी हुँदैनौँ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved