चीनमा आवासीय भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु

नेपालभ्युज

चीनमा आवासीय भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु

काठमाडौं । चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ ।

उक्त घटनामा कम्तीमा ४४ जना घाइते भएका बताइएको छ । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।

स्थानीय दमकल विभागलाई युहुताई जिल्लाको एक आवासीय भवनमा आगलागी भएको सूचनापछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकहरूले आगलागीलाई करीब दुई घण्टामा नियन्त्रणमा लिएको जनाएका छन् ।

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तल्लामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकलहरू राखिएको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved