जम्मा ६ करोडमा बनेको थियो २०० करोड कमाउने पहिलो हिन्दी सिनेमा

नेपालभ्युज

जम्मा ६ करोडमा बनेको थियो २०० करोड कमाउने पहिलो हिन्दी सिनेमा

एजेन्सी । सलमान खान र माधुरी दीक्षितको फिल्म ‘हम आपके हैं कौन’ एउटा समयमा धेरै नै चर्चामा रह्यो । त्यतिबेला सिल्वर स्क्रीनमा दुवैको जोडी एकदमै मन पराइएको थियो ।

त्यस्तै यो फिल्मले कमाई पनि गज्जवले गरेको थियो । फिल्मको कमाईले रेकर्ड नै बनाउन सफल भएको थियो ।

फिल्म ‘हम आपके हैं कौन’ लाई सूरज बडजात्याले निर्देशन गरेका थिए । सन् १९९४ मा रिलीज भएको यस फिल्मको लागत मात्र ६ करोड भारतीय रुपैयाँ थियो ।

रिलीज भएपछि फिल्मले बक्स अफिसमा तहल्का पिटेको थियो । यो फिल्मले आफ्नो लगानी भन्दा कयौं गुणा धेरै रकम कमाई गरेको थियो ।

भारतमा मात्र सलमानको फिल्मले ७२ करोड रुपैयाँको व्यापार गरेको थियो । यसरी नै फिल्मले विश्वभरबाट २०० करोड रकम जम्मा गरेको थियो ।

यो फिल्म २०० करोड रुपैयाँ कमाउने पहिलो भारतीय फिल्म बन्न सफल भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved