शिल्पीमा नाटक ‘झोडा’को मञ्चन सुरु (तस्वीरहरू)

चुलाचुली रङ्गमञ्च, इलामको प्रस्तुति रहेको नाटक झोडाको बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरको गोठाले नाटक घरमा मञ्चन सुरू भएको छ । 

शिल्पीमा नाटक ‘झोडा’को मञ्चन सुरु (तस्वीरहरू)

काठमाडौ। चुलाचुली रङ्गमञ्च, इलामको प्रस्तुति रहेको नाटक झोडाको बत्तिसपुतलीमा अवस्थित शिल्पी थिएटरको गोठाले नाटक घरमा मञ्चन सुरू भएको छ ।

साहित्यकार गणेश रसिकको आकाशगंगाको ओतमुनि उपन्यासमा आधारित नाटकलाई सुमन लिङ्देनले नाट्य रूपान्तरण गरेका हुन् ।

पूर्वी मधेसमा बसोबास गर्ने प्रमुख आदिवासी जनजाति मध्ये धिमाल र कुमाल जातिले जङ्गललाई प्रचलनको भाषामा झारु भन्ने गर्दछन् ।

धिमाल भाषामा दुईखोला बीच फैलिएको जङ्गलको भूभागलाई झोरा भनिन्छ । त्यहाँ झोरा शब्दको अप्रभंस नै कालान्तरमा झोडा बन्यो ।

तराईको भूफैलावटको बनझड झोडा आवाद र त्यसको राजनैतिक स्वामित्व प्राप्तिको संघर्षको कथालाई नाटक झोडामा देखाइएको छ ।

२०१७ सालमा पञ्चायती शासन व्यवस्था लागू भएसँगै २००७ सालको क्रान्तिमा होमिएका भूपू सैनिकहरू राजनीतिक रूपमा तितरबितर भए । भूमि ऐन २०२१ लागू भएसँगै सुदूर पूर्वमा लिम्बूहरूको राजनैतिक सामीत्वको भूमि अधिकार किपटु खारेजी भयो ।

तत्कालीन समयमा एकातिर दरबारले आफूविरूद्ध विद्रोह नगरुन् भनेर किपटु विद्रोहलाई साम्य पार्न तत्कालीन शासन व्यवस्थाले मधेसका तीन जिल्ला झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जग्गा आवाद झोडा खुलायो ।

विस २०२० देखि २०३४ सम्म झोडा आवादको त्यहीँ संक्रमणकालीन समय र संघर्ष नै नाटकको मुख्य विषयवस्तु रहेको छ ।
करिब १ घण्टा ३० मिनेट लामो नाटकलाई चेतन आङथुपोले निर्देशन गरेका छन् ।

नाटकमा कलाकारहरू मन कुमार योङ्गहाङ, रमिला राई (रमिता), उदय वेघा, बेन्वो सन्तोष, मनिस मगर (प्रवीण), बविना राई, मिना नेम्बाङ राई, विपिसा राई, मनिक शंकर, युगल लिम्बु, दीपक खरेल, प्रवीण भण्डारी, चेतना आचार्य र बाल कलाकार प्रिन्स तामाङको अभिनय छ ।

नाटक, २२ फागुनसम्म मंगलबारबाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।

तस्वीरहरू-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved