‘रायसिना डाइलग’ मा परराष्ट्रमन्त्री साउदको सहभागिता देख्दा खुसी लाग्यो : एस जयशंकर

नेपालभ्युज

‘रायसिना डाइलग’ मा परराष्ट्रमन्त्री साउदको सहभागिता देख्दा खुसी लाग्यो : एस जयशंकर

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले रायसिना डाइलगमा नेपालका परराष्ट्रमन्त्री एनपी (नारायण प्रकाश) साउदको  सक्रिय सहभागिता देखेर खुसी लागेको बताएका छन्  । शुक्रबार  साँझ सामाजिक संजालमा उनिहरुबीच भएको भेटघाट तस्वीर  शेयर गर्दे यस्तो बताएका हुन् ।

‘रायसिना डाइलग २०२४ मा भारतका छिमेकीहरूको उपस्थिति स्वाभाविक हो, कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदलाई हार्दिक स्वागत छ’ विदेशमन्त्री जयशंकरले लेखेका छन् ‘रायसिना कार्यक्रममा उहाँको सक्रिय सहभागिता देख्दा खुसी लाग्यो ।’ उनले आफूहरुबीचको  वार्ताले आफूहरुको सम्बन्धको सकारात्मक प्रक्षेपणलाई पुन: पुष्टि गरेको उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री  साउद बहुपक्षीय मञ्च ‘रायसिना डाइलग’ को नवौँ संस्करणमा भाग लिन  बुधबार नयाँदिल्ली प्रस्थान गरेका थिए । रायसिना डाइलग एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयको सहकार्यमा आयोजना गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved