सिंहदरबार घेर्न गएका मिटरब्याज पीडितलाई प्रहरीले भृकुटीमण्डपमै रोक्यो, सुरू गरे मुख्य सडकमै धर्ना (तस्वीरहरू)

सिंहदरबार घेर्न गएका मिटरब्याज पीडितलाई प्रहरीले भृकुटीमण्डपमै रोक्यो, सुरू गरे मुख्य सडकमै धर्ना (तस्वीरहरू)

काठमाडौं । मिटरब्याज पीडितहरू भृकुटीमण्डपको मुख्य सडकमै धर्ना बसेका छन् ।

मेची महाकाली पदयात्रा गर्दै २४ औँ दिनमा काठमाडौं आएका उनीहरुले सिंहदरबार घेर्ने योजनासहित अघि बढेका थिए । तर, प्रहरीले भृकुटीमण्डपमै रोकेको हो ।

प्रहरीले रोकेपछि उनीहरू मुख्य सडकमै धर्ना बसेका छन् ।

समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै उनीहरुले माघ १६ गतेदेखि सुदूर पूर्व र सुदूरपश्चिमबाट एकसाथ ‘न्याय मार्च’ सुरु गरेका थिए । दुवैतर्फका सहभागी यात्री चितवनमा भेट भई एकीकृत भएर काठमाडौं आएका हुन् ।

मिटर ब्याजसम्बन्धी आर्थिक अपराधमा संलग्नलाई कडा कानुनी कारबाही हुनेगरी कानुन निर्माण हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने, पीडितको अभिलेखीकरणका लागि नयाँ निवेदन खुलाउनुपर्ने, पीडक साहुमहाजनलाई पक्राउ गरिनुपर्ने, स्थानीय तहमा एकलौटी प्रमाणित गराइएका कपाली तमसुक छानबिन हुनुपर्ने, पीडितमाथि भएका मानवाधिकार उल्लंघनका घटना छानविन हुनुपर्ने, पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिइनुपर्ने र पीडितलाई बिनाधितो सहुलियतपूर्ण ऋणको व्यवस्था हुनुपर्ने लगायत माग उनीहरुको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved