भविष्यमा जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

भविष्यमा जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भविष्यमा जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुने बताएका छन् ।

शुक्रबार बलिदानी दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेको सार्वजनिक बिदा सर्वोच्च अदालतले खारेज गरे पनि भविष्यमा फेरि कायम हुने बताएका हुन् ।

संक्रमणकालीन कुरा टुंगिएपछि बिदा कायम हुने उनको विश्वास छ ।

सत्य निरुपण र बेपत्तासम्बन्धी काम नटुंगिएका कारण घाइतेले पाउनु पर्ने परिपूरण पाउन नसकेको प्रचण्डले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved