मोरङमा ट्रक पल्टिँदा सडकमा खेलिरहेका दुई बालकको ज्यान गयो

नेपालभ्युज

मोरङमा ट्रक पल्टिँदा सडकमा खेलिरहेका दुई बालकको ज्यान गयो

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकामा ट्रक पल्टिँदा दुई बालकको मृत्यु भएको छ । मार्बल बोकेको ट्रक पल्टिँदा सडकमा खेलिरहेका दुई बालकको मृत्यु भएको हो । अर्का एक घाइते भएका छन् ।

मार्बलसहितको लरी ट्रक पल्टिँदा घटनास्थलमा थप क्षतिसमेत भएको आंकलन गरिएको छ । सडकमा खेलिरहेका बालकको ज्यान गएपछि स्थानीय आक्रोशित भएका छन् । घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved