एक हप्तामै नङ बढाउने तरिका

नेपालभ्युज

एक हप्तामै नङ बढाउने तरिका

एजेन्सी । विशेषगरी महिलाहरुले हातको सुन्दरता बढाउन नङ पाल्ने चलन हुन्छ । यदी तपाईं पनि आफ्नो नङलाई केही लामो बनाउन चाहनुहुन्छ र त्यसका लागि केही घरेलु विधि जान्न खोजिरहनु भएको छ भने आज हामी यहाँ त्यस्तै केही उपायहरु बताउनेछौं । जसलाई अपनाएर नङलाई एक हप्तामै लामो बनाउन सकिन्छ ।

नरिवलको तेल र लसुन

  • नङलाई बढाउनका लागि सबैभन्दा पहिला एउटा कचौरामा ४–५ वटा लसुनका पोटीलाई साना साना टुक्रा बनाउनुहोस् । अब यसलाई नरिवलको तेलमा मिसाउनुहोस् ।
  • नरिवलको तेल र लसुनलाई मिसाएपछि यसलाई रातभरका लागि छोड्नुहोस् । अर्को दिन यसलाई कुनै भाँडोमा स्टोर गरेर राख्नुहोस् । रातमा सुत्नुअघि यो तेललाई हातमा लगाएर नङहरुमा हल्का मालिस गर्नुहोस् ।
    कति दिन लगाउने ?
    नरिवलको तेल र लसुनको यो सीरमलाई दैनिक रातमा नङमा लगाएर मालिस गर्नुहोस् । यसले नङको वृद्धि तीव्र गतिमा हुनेछ ।
    कसरी फाइदा गर्छ ?
    लसुनमा सेलेनियमको मात्रा धेरै पाइन्छ । यसले नङको विकासलाई बढावा दिन्छ र यसलाई टुक्रिन तथा भाँचिनबाट पनि जोगाउँछ ।
    कागतीको रस
  • कागतीको रसमा भिटामिन सी पाइन्छ । यो नङ र कपालका लागि एकदमै फाइदाजनक हुन्छ । कागतीको रस औंलामा लगाउनुहोस् र केहीबेर राखेर त्यसलाई सफा गर्नुहोस् ।
    नङलाई सेप दिने
    यदी तपाईंका नङ लामो भइरहेका छन् भने यी छिटो टुक्रिने डर हुन्छ । त्यसैले तपाईं नङलाई फाइलरको माध्यमले घोटेर मिलाइरहनुहोस् । यसले नङ भाँचिदैनन् ।
    अन्य तरिका
    नङमा घरेलु उपायहरु गर्नु बाहेक खानामा प्रोटिन, एन्टीअक्सीडेन्ट, फ्याटी एसिड तथा पानीको मात्रा पनि सामेल गर्नुहोस् । यसले नङलाई भित्रैदेखि बलियो बनाउनुका साथै छिटो बढ्न पनि सहयोग गर्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved