तामाको भाँडामा पानी पिउनुका फाइदा जानौं

नेपालभ्युज

तामाको भाँडामा पानी पिउनुका फाइदा जानौं

एजेन्सी । तपाईंले बुढापाकाले भनेको सुन्नुभएको छ होला तामाको भाँडा पानी पिउनु राम्रो हुन्छ । यसले धेरै प्रकारका लाभ पनि पाइन्छ ।

यसका फाइदा थाहा पाउनुभयो भने घरमा भएका प्लास्टीकका बोतल हटाएर तामाको भाँडामा पानी पिउनुहुनेछ ।

आउनुहोस् तामाको भाँडामा पानी पिउनुका फाइदाबारे–

तामाको बोतल वा अन्य कुनै भाँडामा राखेको पानी पिउँदा स्वाद पनि मिठो हुन्छ । सुरुमा अलि फरक लागे पनि पछि तपाईंलाई यसमै राखेको पानी मिठो हुन थाल्छ ।

तौल कम गर्ने सोंचिरहनुभएको छ भने पनि दैनिक तामाको भाँडामा स्टोर गरेको पानी पिउनु उपयुक्त हुन्छ । यसले तौल कम गर्न सहयोग गर्छ ।

तामाको भाँडामा राखेको पानी नियमित पिउँदा यसले उमेर बढ्ने प्रक्रिया पनि ढिला गराइदिन्छ । तपाईं जवान तथा स्वस्थ हुनुहुनेछ ।

नियमित रुपमा तामाको भाँडामा राखेको पानी पिउनुहुन्छ भने यसले तपाईंको छालालाई पनि स्वस्थ बनाइराख्न सहयोग गर्छ ।

यसले छालासँग जोडिएका समस्या पनि कम हुन्छन् ।

तामाको बोतलमा पानी राखेर अर्को दिन बिहान पिउँदा पाचन प्रणाली पनि राम्रो हुन्छ । साथमा यसले पेटसँग जोडिएका समस्या पनि कम गर्छ ।

त्यस्तै तामाको भाँडामा राखेको पानी पिउँदा शरीरमा भएका घाउ पनि छिटो निको हुन्छन् । साथमा यसले जोर्नीहरुको दुखाईमा पनि राहत दिन्छ ।

विशेषज्ञहरुका अनुसार दैनिक एक गिलास तामाको पानी पिउनु पनि स्वास्थ्यका लागि फाइदाजनक सावित हुन सक्छ ।

यसका लागि तपाईंले रातभर तामाको भाँडामा पानी राख्नुहोस् र बिहान पिउनुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved