सीतापाइला घटना:

श्रीमती, छोरी र नातिनीको हत्यापछि ससुरालाई फोन गरेर राजुले गरे आत्महत्या !

नेपालभ्युज

श्रीमती, छोरी र नातिनीको हत्यापछि ससुरालाई फोन गरेर राजुले गरे आत्महत्या !

काठमाडौं । काठमाडौंको सीतापाइलामा एकै परिवारका ३ जनाको हत्या भएको खुलेको छ ।

बुधबार बिहान सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी छोरी ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको हो ।

ईश्वरीको श्रीमान् राजु घिमिरेले उनीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

राजुले श्रीमती, छोरी र नातिनीको हत्या गरेपछि ससुरालाई फोन गरेर ‘मैले तिम्रो छोरी र बच्चा मार्दिएँ, अब म नी मर्न जाँदैछु’ भनेको प्रहरीले बताएको छ ।

राजु पनि नागार्जुनको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

हत्यापछि आत्महत्या भएको भन्ने अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ । अहिले घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved