लोकाहा खोला किनारमा पाँच गिद्ध मृत फेला

नेपालभ्युज

लोकाहा खोला किनारमा पाँच गिद्ध मृत फेला
फाइल फोटो

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा सोमबार पाँच गिद्ध (जटायु) मृत फेला परेका छन् । चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन् र

जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डङ्गर प्रजातिको गिद्ध बिरामी अवस्थामा फेला परेका छन् । गिद्ध मरेको स्थानमा दुई स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशंका गरिएको छ ।

खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए । मरेका गिद्धको मङ्गलबार परीक्षण गरिने तथा बिरामी गिद्धको प्राथमिक उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved