उपकुलपति सिफारिसप्रति ओलीको टिप्पणी : तीन जनामा तेस्रो चाहिँ नियुक्ति हुन्छन् जस्तो लाग्छ

नेपालभ्युज

उपकुलपति सिफारिसप्रति ओलीको टिप्पणी : तीन जनामा तेस्रो चाहिँ नियुक्ति हुन्छन् जस्तो लाग्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल भइसकेका व्यक्तिलाई त्रिविको उपकुलपति बनाउन लागेको आरोप लगाएका छन् । एमाले निकट राष्ट्रसेवक सहकारीको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीले उपकुलपतिमा भागबन्डा नगरी एकलौटी गर्न लागेको ओलीले टिप्पणी गरे ।

‘असफलसिद्ध मान्छेहरुको छनोट गर्ने, अहिले त्रिविको उपकुलपतिमा तीन जना सिफारिस भएको छ क्यार ! तीन जनामा तेस्रो चाहिँ नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाई छाँटकाट हेर्दा । किनभने धेरै असफल भएको मान्छे चाहियो नि ।’ ओलीले भने ।

शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समितिले उपकुलपतिमा चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम सिफारिस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved