टुँडिखेलमा पत्रकारलाई प्रवेश निषेध गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

नेपालभ्युज

टुँडिखेलमा पत्रकारलाई प्रवेश निषेध गरिएको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरी समाचार संकलनमा अवरोध गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको कार्यक्रममा कार्यक्रम मनाउन गठन गरिएको मूल समारोह समितिले निमन्त्रणा दिएका पत्रकारलाई मात्र प्रवेश दिने भन्दै सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास प्राप्त पत्रकारलाईसमेत प्रवेश निषेध गरी समाचार संकलनमा अवरोध गरेको थियो ।

प्रवेश नदिएपछि फोटो पत्रकारले क्यामेरा डाउन गरी विरोध जनाएका थिए ।

सार्वजनिक कार्यक्रममा पत्रकारलाई निषेध गरिनु प्रेस स्वतन्त्रताविरोधी हर्कत हुनुका साथै पत्रकारको संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको महासंघले जनाएको छ ।

साथै, महासंघले पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी सार्वजनिक कार्यक्रममा सबै पत्रकारलाई निर्वाध र स्वतन्त्रतापूर्वक सञ्चार कर्ममा जुट्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved