मुख्यमन्त्री यादवले पाए विश्वासको मत

नेपालभ्युज

मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन् ।

डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपरेको थियो ।

मुख्यमन्त्री यादवले विश्वासको मत पाउँ भनी राखेको प्रस्तावको पक्ष तथा विपक्षमा क्रमश: ६९ र ३५ सांसदहरूले मतदान गरे ।

आजको प्रदेशसभा बैठकमा जना १०४ सांसदहरू उपस्थित थिए ।

मुख्यमन्त्री यादवलाई नेकपा (एमाले) र जनमत पार्टीले भने मतदान गरेका छैनन् ।

यादव केन्द्रीय गठबन्धनमा समेत सम्मिलित जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मुख्यमन्त्री बनेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved