मनको एकाग्रतालाई बढाउन चाहनुहुन्छ ? अपनाउनु्होस् यी टिप्स

नेपालभ्युज

मनको एकाग्रतालाई बढाउन चाहनुहुन्छ ? अपनाउनु्होस् यी टिप्स

एजेन्सी । कतिपय अवस्थामा अत्यधिक तनाव लिँदा तपाईं आफ्नो नियमित काममा पनि ध्यान केन्द्रीत गर्न सक्नुहुन्न । यसक्रममा तपाईंको मन कतै पनि लाग्दैन र तपाईं सधैं उदास महसुस गर्नुहुन्छ । यस्तो अवस्थामा तपाईं मनको एकाग्रतालाई बढाउन चाहनुहुन्छ भने हामी मात्र पाँच वटा टिप्स बताउनेछौं जसको अभ्यासले तपाईं एकाग्र बन्न सक्नुहुन्छ ।
१. स्वस्थ खानपान
हरेक शारिरीक तथा मानसिक सबै समस्याको एउटा मुख्य जरा खानपान पनि हुन्छ । त्यसैले सधैं स्वस्थ र ताजा खानपानमा जोड दिनुहोस् । सधैं खानामा भोक मात्र नभएर पौष्टिक तत्वलाई पनि विशेष जोड दिनुहोस् ।
२. योग वा व्यायाम
अहिलेको समयमा गएर योग वा कुनै प्रकारको कसरत गर्नु पनि एकदमै जरुरी भइरहेको छ । हाम्रो जीवनशैली नै यस्तो भइसकेको छ जहाँ शारीरिक क्रियाकलाप एकदमै कम हुने गर्छ । जसले गर्दा हाम्रो शरीर सिथिल बनिसकेको छ । त्यसैले मनमा एकाग्रता ल्याउनका लागि पनि योग वा व्यायाम गर्नुहोस् ।
३. स्वासप्रस्वास कसरत
एकाग्रतालाई बढाउनका लागि डीप ब्रिदिंग एक्सरसाइज पनि गर्नु पर्दछ । यस्तो व्यायामले तनाव पनि कम हुन्छ । दैनिक केहीबेर हिँडेर लामो स्वास लिने तथा फाल्ने खालका सुक्ष्म व्यायामहरु गर्नुहोस् ।
४. कामबाट छुट्टी
अत्यधिक काम गर्नाले पनि तपाईंलाई तनाव हुन सक्छ । यस्तोमा एकाग्रता बढाउनका लागि कामको बीचमा ब्रेक लिइरहने गर्नुस् । यसरी तपाईं कतै घुम्न पनि जान सक्नुहुन्छ ।
५.मल्टीटाक्सिङबाट बच्नुहोस्
मल्टीटाक्सिङ यानिकी एकैपटक धेरै कामहरु गर्नबाट पनि जोगिनु पर्छ । यसले तपाईंको दिमागमा दबाव पर्छ जसले गर्दा तनाव महसुस हुन्छ । काममा पनि एकाग्रता आउँदैन ।

यति पाँचवटा कुराहरुलाई ध्यान दिनुभयो भने तपाईं आफ्नो मनलाई एकाग्र बनाउन सक्नुहुन्छ । यति कामहरुको व्यवस्थापन भयो भने तनाव पनि कम हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved