विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री, सत्ता गठबन्धनकै मत पर्याप्त

नेपालभ्युज

विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री, सत्ता गठबन्धनकै मत पर्याप्त

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिदै छन् । जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिँदै गत माघ ९ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको हो । आजसहित उनले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक दिउँसो २ बजे बोलाइएको छ । १ सय ७ प्रदेश सभा सदस्य रहेको मधेस प्रदेशमा बहुमतका लागि ५४ सदस्यको समर्थन आवश्यक पर्छ । संघीय गठबन्धनका सबै दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताएका छन् ।

संघीय गठबन्धनमा रहेको जनमत भने मधेस गठबन्धनबाट बाहिरिएको छ । मधेस प्रदेश सरकारमा जसपा नेतृत्वमा नेपाली कांग्रेस, लोसपा, नेकपा माओवादी केन्द्र र नेकपा एस सरकारमा सहभागी छन् । गठबन्धनमा रहेका चार दलका ६५ जना सांसदको समर्थन मुख्यमन्त्री यादवलाई देखिएको छ ।

मधेश प्रदेश सभामा कांग्रेसको २२ सिट र जनता समाजवादी पार्टी नेपालको १८ सिट छ । लोकतान्त्रिक समाजवादी पार्टीको ९, नेकपा माओवादी केन्द्रको ९ र नेकपा एकीकृत समाजवादीको ९ सिट छ ।

मधेस प्रदेशसभामा एमालेको २३ सिट र सत्ताबाट बाहिरिएको जनमत पार्टीको १३ सिट छ ।

राप्रपा, नेपाल समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका १/ १ सांसद छन् । महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजायँ पाएका लोसपा संसदीय दलका नेता अभिराम शर्मा भने फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved