सिन्धुलीमा मोटरसाइकल दुर्घटनाहुँदा एक युवाको ज्यान गयो

नेपालभ्युज

सिन्धुलीमा मोटरसाइकल दुर्घटनाहुँदा एक युवाको ज्यान गयो
सांकेतिक तस्वीर।

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकाको आँपडाडामा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एकजना घाइते भएका छन् ।

दुधौली नगरपालिकाका २३ वर्षिय बेचु कुमरको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेचुले चलाइरहेको मोटरसाइकललाई पछाडीबाट अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलका चालक स्थानीय ५५ वर्षिय हरि राउत घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved