कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
फाइल फाेटाे

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ९ बजे बोलाइएको छ । बैठकमा हिजोको बैठकबाट आएका प्रस्तावमाथि छलफल हुनेछ ।

छलफलबाट परिमार्जनसहित महासमितिको बैठकमा जाने सदस्य कल्याण गुरुङले जानकारी दिए ।

बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव पेश गरेका थिए ।

बिहीबारको बैठकमा पार्टीको तर्फबाट सरकारमा सहभागी भएका अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्रको अवस्थामा र स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले गरेको कामकारबाहीको बारेमा जानकारी गराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved