आज श्रीपञ्चमी; विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै (तस्वीरहरु)

आज श्रीपञ्चमी; विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै (तस्वीरहरु)

काठमाडौँ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।

आजका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने धार्मिक विश्वास रहिआएको छ । हिन्दु धर्मावलम्बीहरुले सरस्वतीलाई विद्या र सिर्जनाकी देवी भनेर पुज्ने गर्दछन्। आज विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरुले आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्दछन्।

आजै विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन पनि रहेको छ ।

श्रीपञ्चमीका दिन अक्षरारम्भ गराए राम्रो विद्या आउने धार्मिक विश्वास छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र आजैबाट ऋतुहरुको राजा समेत भनिने वसन्त ऋतु प्रारम्भ हुने हुँदा आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।

(तस्वीरमा लाजिम्पाटको नील सरस्वती मन्दिरमा पूजा आराधना गर्दै श्रद्वालु)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved