सुपरस्टार अभिनेत्री जसले एक झट्कामै छोडिन् बलिउड

नेपालभ्युज

सुपरस्टार अभिनेत्री जसले एक झट्कामै छोडिन् बलिउड

एजेन्सी । करिअरको उचाईमा पुगिरहेका बेला बलिउड अभिनेत्री आसिनले ग्ल्यामरको चम्किलो दुनियाँलाई अलविदा भनिन् ।

यसको कारण उनको प्रेम थियो । बलिउड  छोडे पनि आसिन अहिले करोडौं सम्पत्तिकी मालिक छन् । आसिनले माइक्रोमेक्सका सह-सञ्चालक तथा व्यवसायी राहुल शर्मासँग विवाह गरेकी छन् ।

आसिनका बुवा जोसेफ व्यवसायी तथा आमा सैलीन डाक्टर हुन् । आसिनले आफ्नो स्कूली शिक्षा कोच्चिनमा पूरा गरेकी थिइन् ।

आसिनले सेन्ट थेरेसा कलेजबाट स्नातक समेत गरेकी छन् । उनले आफ्नो पढाई सकेर मोडलिङमा प्रवेश गरेकी थिइन् ।

सुरुवातमा मोडलिङ तथा विज्ञापनहरुमा देखिएकी आसिनले पछिल्लो चरण चर्चित फिल्महरुमा काम गर्ने मौका प्राप्त गरिन् । तर विवाहसँगै उनले बलिउड सदाका लागि छाडिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved