सङ्क्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा नबनाऊः डा. कोइराला

नेपालभ्युज

सङ्क्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा नबनाऊः डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सङ्क्रमणकालीन न्याय गम्भीर विषय भएकाले राजनीतिक लेनदेनको मुद्दा बनाउन नहुने बताएका छन् ।

मानवअधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई मंगलबार काठमाडौं उद्घाटन गर्दै उनले सङ्क्रमणकालीन न्याय निरुपणमा पीडित पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

‘सङ्क्रमणकालीन न्यायसम्बन्धी सर्वोच्च अदालतले केही आदेश दिएको छ’ उनले भने, ‘मानवअधिकारको आधारभूत कुरालाई हामीले स्वीकार गर्नुपर्नेछ ।’

नेता कोइरालाले पीडितलाई मर्का पर्ने खालको कानुन कुनै पनि हालतमा बनाउन नहुनेमा जोड दिए । ‘सङ्क्रमणकालीन न्याय पीडितमैत्री हुनुपर्दछ भन्ने कुरामा दुई मत छैन,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved