पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

पाल्पाको तिनाउ गाउँपालिका– ६ मा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । घाइतेलाई बुटवल अस्पताल पठाइएको छ ।

नेपालभ्युज

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु
फोटो दिनेश न्यौपाने

पाल्पा ।  पाल्पाको तिनाउ गाउँपालिका– ६ मा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

१५ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल ल्याइएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिसहुँदै शीखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीचमा दुर्घटना भएको हो ।

मृत्यु घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका तिनाउ गाउँपालिका– ६ वडाध्यक्ष टोमबहादुर पुनले जानकारी दिए । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

ओभरलोडका कारण जीप दुर्घटना भएको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved