इयूको सहयोगमा नेपालगन्ज उपमहानगरमा ग्रीन सिफ्ट परियोजना सञ्चालन हुने

नेपालभ्युज

इयूको सहयोगमा नेपालगन्ज उपमहानगरमा ग्रीन सिफ्ट परियोजना सञ्चालन हुने

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले ग्रीन सिफ्ट परियोजनासँग आधिकारिक रूपमा साझेदारी गरेको छ ।

पालिकाकातर्फबाट मेयर प्रशान्त विष्टले फोहोरमैला व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन, अनुसन्धान र नीति निर्माणमा सहयोग गर्न पालिकामा फेलो राख्नका लागि ‘वेस्ट स्मार्ट फेलोसप’ सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ग्रीन सिफ्ट नेपाल चक्रीय अर्थतन्त्र प्रवर्द्धन गर्नका लागि युरोपेली संघ(इयू)को सहयोगमा कार्यान्वयन हुन लागेको चारवर्षीय परियोजना रहेको बताइएको छ ।

नेपालगन्जसहित ग्रीन सिफ्ट नेपाल परियोजनाले बागमती, लुम्बिनी र मधेस प्रदेशका जम्मा ९ वटा पालिकामा काम गरिरहेको बताइएको छ ।

ग्रीनसिफ्ट नेपालले फोहोर सङ्कलन गर्ने उद्योग, साना तथा मझौला उद्योग, सफाइकर्मीहरूको संस्था, युवाहरू, विद्यालयका बालबालिकाहरू र तीन तहका सरकारहरूसँग मिलेर काम गर्नेछ ।

परियोजनाले सरसफाइ क्षेत्रमा आबद्ध उद्यमीहरूको क्षमता निर्माण गर्न उनीहरूको प्लास्टिक फोहोर सङ्कलन क्षमता अभिवृद्धि गर्ने, प्लास्टिक वैकल्पिक उत्पादन र प्याकेजिङ्गको प्रवर्द्धनको लागि साना तथा मझौला उद्योगलाई समर्थन गर्ने, ज्ञान र चेतना अभिवृद्धि गर्न विद्यार्थीहरूसँग काम गर्ने, युवाहरूलाई पैरवी र सचेतना अभियानहरूमा संलग्न गराउने र युवा र सफाइकर्मीहरूको संस्थाको सक्रिय संलग्नतामार्फत समावेशी र प्रमाणमा आधारित नीति निर्माणका लागि तीन तहको सरकारलाई सहयोग गर्ने उद्देश्य रहेको सो परियोजनाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved