मण्डला थिएटरमा ‘क्लेशा:’ को विशेष मञ्चन (तस्वीरहरू)

मण्डला थिएटरमा ‘क्लेशा:’ को विशेष मञ्चन (तस्वीरहरू)

काठमाडौं। अभिनेत्री सुरक्षा पन्तले रंगमञ्चमा डेब्यु गरेको नाटक ‘क्लेशा:’ को मण्डला थिएटरमा विशेष मञ्चन सुरू भएको छ ।

२३ औं भारत रंग महोत्सवमा छनोट भएको यो नेपाली नाटकको यहि माघ २९ गते साँझ ५ बजे अनि फागुन १ गते (आज) दिउँसो १२ र साँझ ५ बजे विशेष मञ्चन गर्न लागिएको हो ।

सुरक्षा पन्तसहित नाटकमा सरिता गिरी, बिजय बराल, कुशल पाण्डे, सुदीप खतिवडा, विकास जोशी, रोसनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र सरस्वती अधिकारीको अभिनय रहेको छ ।

प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘क्लेशाः’ २३ औँ भारत रंग महोत्सवमा यहि फ्रेब्रुअरी १७ र १९ तारिकमा नयाँ दिल्ली र रामनगरमा गरी दुई स्थानमा मञ्चन हुँदैछ ।

यो नाटक भारत रंग महोत्सवमा सन् २०२२ को लागि छानिएको थियो । तर कोभिडका कारण स्थगित भएको महोत्सव यसपालि पुनः आयोजना हुन लागेको हो ।

भारतको नाट्य प्रज्ञा प्रतिष्ठानको मातहत रहेको राष्ट्रिय नाट्य विद्यालयले वार्षिक रुपमा आयोजना गर्दै आएको महोत्सवमा नेपाल सहित भारतको ५९ वटा , रुसको १ वटा र अन्य २ वटा लोकनाटक मञ्चन हुँदैछ ।

महोत्सवमा यस अघि सुनिल पोखरेल, अनुप बराल, विमल सुवेदी लगायतका नाटकहरु मञ्चन भैसकेको छ ।

करमन कला समूहको प्रस्तुति रहेको नाटकको प्राविधिक टिममा रिजन परियार, उमेश तामाङ, अनुप न्यौपाने, रुपक खरेल, रुजा राउत र केदार श्रेष्ठ रहेका छन् ।

यो नाटक, २०७६ साल असार महिनामा मण्डला थिएटरमा नियमित मञ्चन गरिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved