मोरङ अटो वर्क्स-जेसीबीलाई अन्तर्राष्ट्रिय अवार्ड

नेपालभ्युज

मोरङ अटो वर्क्स-जेसीबीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपालका लागि जेसीबीको आधिकारिक वितरक मोरङ अटो वर्क्सले ‘जेसीबी बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड-२०२३’ पाएको छ ।

पोर्चुगलको लिसबनमा ९ फेब्रुअरीमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रममा मोरङ अटो वर्क्स जेसीबीले उक्त अवार्ड पाएको हो ।

मोरङ अटो वर्क्स-जेसीबीका अध्यक्ष विष्णुकुमार अग्रवाल र कार्यकारी निर्देशक गोपालकुमार अग्रवाललाई जेसीबी यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड र जेसीबी इन्डियाका सीईओ दीपक शेट्टीले उक्त अवार्ड प्रदान गरेका हुन् ।

सबैको सहयोगले कम्पनीले यो उचाइ हासिल गरेको भन्दै कम्पनीका अध्यक्ष अग्रवालले भविष्यमा थप उपलब्धि प्राप्त गर्ने विश्वास व्यक्त गरे । अग्रवालले भने, “म जेसिबी टिम र सबै सम्बन्धित व्यक्तिहरूलाई यस उचाइमा पुग्नमा सहयोग गर्ने भन्ने लागि आभारी छु। भविष्यमा थप उपलब्धिहरूको दिशामा हामी देख्दछौँ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved