थुलुङ दुधकोशीले पनि दियो ‘जनयुद्ध दिवस’का अवसरमा बिदा 

नेपालभ्युज

थुलुङ दुधकोशीले पनि दियो ‘जनयुद्ध दिवस’का अवसरमा बिदा 

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पनि ‘जनयुद्ध दिवस’का अवसरमा फागुन १ गते बिदा दिएको छ ।

माघ २८ गते अध्यक्ष असिम राईको अध्यक्षतामा बसेको गाउँपालिकाको बैठकले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिए ।

यसअघि रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिकाले पनि जनयुद्ध दिवसका अवसरमा फागुन १ गते बिदा दिने घोषणा गरिसकेका छन् । यहीबीच थुलुङ दुधकोशीले पनि बिदा दिने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले भन्यो : ‘जनयुद्ध’ शब्दलाई संविधानले चिन्दैन

यता सर्वोच्च अदालतले भने संविधानले ‘जनयुद्ध’ शब्द नचिन्ने उल्लेख गरेको छ । जनयुद्ध दिवसका अवसरमा सरकारले दिएको सार्वजनिक बिदाविरुद्ध दायर भएको रिट निवेदनमाथिको फैसलाको पूर्णपाठमा अदालतले यस्तो प्रष्टोक्ति दिएको हो ।

May be an image of text


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved