सर्वोच्च अदालतको फैसलाविपरीत तीन पालिकाले दिए ‘जनयुद्ध दिवस’मा बिदा

नेपालभ्युज

सर्वोच्च अदालतको फैसलाविपरीत तीन पालिकाले दिए ‘जनयुद्ध दिवस’मा बिदा

सुर्खेत । कर्णालीका तीनवटा पालिकाले जनयुद्ध दिवसका अवसरमा बिदा दिने निर्णय गरेका छन् ।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका, बाँफीकोट गाउँपालिका र कालिकोटको पलाँता गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेका हुन् ।

यता सर्वोच्च अदालतले भने गत पुस १३ गते जनयुद्ध दिवस संविधानले नचिन्ने भन्दै बिदा दिन नमिल्ने व्याख्या गरेको छ । तर, तीन पालिकाहरूले भने बिदा दिने निर्णय गरेका हुन् ।

फागुन १ गते जनयुद्ध दिवसलाई विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउन लागेको कालिकोट पलाँता गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए ।

सर्वोच्च अदालतले भन्यो : ‘जनयुद्ध’ शब्दलाई संविधानले चिन्दैन

नगरपालिका र अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिएको रुकुमपश्चिम आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताए ।

“तत्कालीन माओवादीले ०५२ बाट १० वर्षसम्म सशस्त्र संघर्ष सञ्चालन गरेको थियो,” उनले भने, “माघ २६ गतेको नगरकार्यपालिकाको बैठकको निर्णयअनुसार फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ ।”

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाको ३०औं कार्यपालिकाको बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बाँफिकोट गाउँपालिकाका सरकारी, गैरसरकारी तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता जोखबहादुर चन्दले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved